मकवानपुरमा आइतबार थप तीन महिला र एक पुरुष संक्रमितको मृत्यु

छहारी संवाददाता
जेष्ठ २, २०७८

कोरोना भाइरसको संक्रमणबाट मकवानपुरमा थप तीन महिला र एक पुरुषको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत उनिहरुको आज बिहान मृत्यु भएको कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा हेटौंडा–१४ कि ७४ वर्षीया महिला, हेटौंडा १४ की ४८ बर्षीया महिला, हेटौंडा ८ की ६१ बर्षीया महिला र हेटौंडा २ चौकीटोलका ६४ बर्षीय एक पुरुष रहेको काफ्लेले जानकारी दिनुभयो । मृतक सबै बैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टिभएका बिरामी हुन् ।

उनिहरुलाई स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो । यसअपघ हिजो पनि कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*