कोरोना संक्रमणबाट मकवानपुरमा थप २ महिलाको मृत्यु

छहारी संवाददाता
जेष्ठ १, २०७८

कोरोना संक्रमणबाट मकवानपुरमा थप २ महिलाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचारको क्रममा हेटौंडा–४ कि ७३ वर्षीय महिलाको मृत्यु भएकोअस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभएको छ । उहाँको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै हेटौडा उपमहानगरपालिका ५ की ७७ बर्षीय एक बृद्धाको संक्रमणका कारण मृत्यु भएको छ । उहाँको राक्सिराङ गाउँपालिका वडा नमवर ५ स्थित चैनपुरको कोभिड अस्पतालमा शुक्रबार साँझ साढे ७ बजे मृत्यु भएको मनहरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक वृद्धाको आफ्नै छोरा उक्त अस्पतालमा स्वास्थ्यकर्मी भएका कारण उहाँलाई सोही उपचार गराइरहेको र उपचारको क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*