तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले लिए पद तथा गोपनियताको शपथ

छहारी संवाददाता
बैशाख ३१, २०७८

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले ओलीलाई प्रधानमन्त्री पद तथा गोपनियताको शपथ दिलाउनुभएको हो ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको हो ।
बिहीबार राति राष्ट्रपति भण्डारीले एमाले संसदीय दलका नेता ओलीलाई प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

गत वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा सदनको विश्वास लिन नसकी आवश्यक बहुमत जुटाउन नसक्दा पदमुक्त हुनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*