कोरोनाको महामारीमा सुरक्षित भई समाचार संकलन गर्न संचारकर्मीहरुलाई आग्रह

छहारी संवाददाता
बैशाख ३०, २०७८

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले कोरोनाको महामारीमा सुरक्षित भई समाचार संकलनको काम गर्न संचारकर्मीहरुलाई आग्रह गरेको छ ।

महासंघका अध्यक्ष मणिराज गौतमले आज एक पे्रस विज्ञप्ति जारी गर्दै मकवानपुरमा हालसम्म ११ जना पत्रकार संक्रमित भइ होम आइसोलेसनमा रहेको भन्दै सुरक्षित भएर काम गर्न आग्रह गर्नु भएको हो । उहाँले संचारकर्मीहरूले जोखिमका बाबजुद नागरिकलाई समाचार तथा सूचना पुर्याउने काममा अहोरात्र खटिनु पर्ने बाध्यता रेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल गरी कर्तव्य पुरा गर्न आग्रह गर्नुभयो ।

महासंघले संक्रमित पत्रकारहरूका लागि गौरीटारमा रहेको आइसोलेशनमा छुट्टै व्यवस्थाका लागि समन्वय गरेकाले होम आइसोलेसनमा बस्न समस्या भएको अवस्थामा महासंघमा सम्पर्क गर्न अनुरोध गरेको छ । महासंघले सकभर फोन र सामाजिक सञ्जालको प्रयोग गरि दैनिक समाचार संकलनको काम गर्न, स्थलगत समाचार संकलनमा जाँदा सरकारले जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न आग्रह गरेको छ ।

यस्तै स्थलगत समाचार संकलनमा जाँदा आफ्नो मिडिया, पेशागत संगठन वा महासंघले उपलब्ध गराएको प्रेसको ज्याकेट र आफ्नो मिडिया हाउसले उपलब्ध गराएको परिचय खुल्ने फोटोसहितको प्रेस कार्ड अनिवार्य देखिने गरी लगाउन समेत आग्रह गरेको छ । त्यस्तै, जाँचमा खटिएका सुरक्षाकर्मीले रोके आफ्नो परिचय स्पष्टसंग दिन र प्रेस कार्ड देखाउनु अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*