विभिन्न उपसमिति संयोजक र सदस्यद्धारा राजिनाको घोषणा
मकवानपुरगढी गाउँकार्यपालिकाको विभिन्न उपसमितिका संयोजक र सदस्यहरुले राजिनाको घोषणा गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितीले बिहीबार जारी गरेकोद प्रेस विज्ञप्तीमा विपद् व्यवस्थापन समिति संयोजक सुर्य बहादुर रुम्बा, आर्थिक विकास समितिका संयोजक बखान सिं पाख्रीन सहित सदस्यहरुले समेत राजिनामा दिएको घोषणा गरिएको छ ।
गाउँपालिका सभापति राजविर मोक्तान र ७ नम्बर वडा अध्यक्ष सुर्य बहादुर रुम्बाद्धारा हस्तारित विज्ञप्तीमा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उपसमितिको संयोजक तथा सदस्यमा राखिए पनि जानकारी नै नगराई गाउँपालिका अध्यक्ष र आसपासका प्रतिनिधिलाई मात्रै राखी एकलौटी रुपमा निर्णय गर्ने जनाइएको छ ।
सुधार र कार्यान्वयको लागि विभिन्न ६ वटा बुदाँहरु पेश गर्दै सामरी खोलामा निकालिएको नदीजन्य पदार्थको विषयमा परिमाण जनतालाई नदेखाएको र आर्थिक अनियमितता गर्ने उद्देश्यले गुपचुप गर्ने प्रयास गरिएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा स्टक नदीजन्य पदार्थको मापन, गाउँपालिकाले वितरण गर्ने कृषि प्रविधि, गाइबाख्रा, मलविउ, जस्तापाता लगायत अन्य सेवा सुविधाहरु हाम्रो पार्टीले दिएको भन्दै पालिका कर्मचारीहरुले प्रचार गर्ने जस्ता क्रियाकलाप तुरुन्त रोकिनुपर्ने, गाउँपालिका क्षेत्रमा जनताले आफ्नो घर निर्माण, कृषि तथा पशुफर्मका संरचना निर्माण गर्दा आवश्यक पर्ने गिट्टीबालुवा, ढुङ्गामा लगाइएको अतिरिक्त कर पूर्णरुपमा छुट हुनुपर्ने, गाउँपालिकाले अक्सिजन सहितको व्यवस्थापन गरिनुपर्ने, कोभिड संक्रमितलाई आवश्यक राहतको व्यस्था गरिनुपर्ने जस्ता विषयवस्तुको माग गरिएको छ । सीधाखबरबाट