मकवानपुरमा बिहिबार थप २ कोरोना संक्रमितको मृत्यु , १८५ जना संक्रमित थपिए
मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट बिहिबार थप २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुले जानकारी दिएको छ । योसंगै हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचारको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
स्वास्थ कार्यलय मकवानपुरका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट हेटौडा उपमहानगरपालिकामा मात्रै ४१ जनाको मृत्यु भइसकेको छ । यस्तै थाहा नगरपालिकाका ३ जना, मनहरी गाउँपालिकाका ३ मकवानपुर गढी गाउापालिकाको १, भिमफेदी गाउँपालिकाको १, बकैया गाउँपालिकाको १ र बागमती गाउँपालिकाका १ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
यसैबीच, पछील्लो २४ घण्टामा थप १८५ जना संक्रमित थपिएको कार्यालयले जानकारी दिएको छ । ३४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १८५ जनामा संक्रमण पुष्टि भएको हो । १५४ जनाको पीसीआर र ३१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो ।
थपिएका संक्रमितमा सबैभन्दा बढी १४८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । यस्तै ११ जना थाहा नगरपालिकाका, १२ जना मनहरी, ८ जना कैलाश, ५ जना मकवानपुगढी र १ जना राक्सिराङ गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय मकवानपुले जानकारी दिएको छ ।