निषेधाज्ञा उल्लङ्घन गर्ने ८० सवारीका कागजपत्र नियन्त्रण

छहारी संवाददाता
बैशाख २९, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधाज्ञा उल्लङ्घन गर्ने ८० वटा सवारी साधनका कागजपत्र नियन्त्रणमा लिएको छ ।

मकवानपुरका बिभिन्न स्थानमा राखेको चेक प्वाईन्टबाट मोटरसाइकल, स्कुटर, अटो, सानो गाडी गरी जम्मा ८० वटा सवारी साधनहका कागजपत्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिप्रका तथा मातहत कार्यालयबाट खटिएको प्रहरी चेकिङ टोलिले कागजपत्र नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाही समेत अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*