मकवानपुरमा बुधबार थप तीन कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
बैशाख २९, २०७८

मकवानपुरमा बुधबार कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप थप तीन जनाको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिनुभयो । संक्रमणबाट हेटौंडाका दुई र भीमफेदीका एक जना पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१ का ५० वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका–३ बस्ने ६५ वर्षीय एक पुरुष र भीमफेदी गाउँपालिका –६ का ५९ वर्षीय एक पुरुषको आज बिहान १० बजेर ५ मिनेटको समयमा मृत्यु अस्पतालले जनाएको छ । योसंगै मकवानपुरमा कोरोनाबाट अस्पतालका मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*