बागमती प्रदेशमा मात्रै ५२ हजार ७९ कोरोना संक्रमितको उपचार हुँदै

छहारी संवाददाता
बैशाख २९, २०७८

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या दिनहुँ बढ्दै गएको छ । कोरोना संक्रमित मध्यमा ५२ हजार ७९ जना कोरोना संक्रमितको होम आइसोलेसन, प्रदेशका बिभीन्न अस्पताल र आइसोलेसनहरुमा उपचार हुँदैछ ।

प्रदेशको हेटौंडा, भरतपुर, काठमाण्डौ उपत्यका लगाएत बिभीन्न जिल्लाका अस्पतालमा ६ सय ९८ जना आइसीयुमा र २ सय २० जना भेन्टिलेटरमा उपचार भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

सरकारी तथ्याङक अनुसार यस प्रदेशमा आइसीयुका ६ सय ३० बेड छन् भने भेन्टिलेटर ३ सय ७ वेढको रहेको छ । यसमा बिरामी अझै थपीए भनेपनि उपचार गर्नका लागि समस्या छैन भन्ने देखाउँछ । तर, बिरामीका आफन्तहरु भने बेड नपाएर उपचार पाउनका लागि समस्या भएको बताउँछन् । जनपत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*