इन्द्रसरोवरमा मंगलबार थप १ जनामा कोरोना पुष्टी

मञ्जरी बलामी
बैशाख २८, २०७८

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मंगलबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । इन्द्रसरोवरको वडा नं. ५ का ४३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा इन्द्रसरोवरका स्टाफ नर्स सरिता कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र वडा नं. ३ मा स्थित सिस्नेरी स्वास्थ्य चौकीको सक्रियतामा वडा नं. ४ र ५ मा पुगेर गरिएको एन्टिजेन्ट परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो । यसका साथै गाउँपालिकामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ जना पुगेको छ ।

यसअघि बैशाख २३ गते पहिलो पटक गाउँपालिकाको वडा नं. २ स्थित आर्मी व्यारेकका ३६ वर्षिय पुरुषमा, बैशाख २६ गते वडा नं. ३ का ४४ वर्षिय महिला र ६७ वर्षको पुरुषमा र २७ गते वडा नं. २ का ४८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

आज वडा नं. ४ र ५ का गरी ६ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ५ जनाको रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिमा आजसम्ममा ११ जनामा कोरोना भाइरसको एन्टिजेन परिक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*