पत्रकार महासंघ मकवानपुरले गैरपत्रकार कार्वाहीमा प्रहरीलाई हस्तक्षेप नगर्ने

छहारी संवाददाता
बैशाख २८, २०७८

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेसको ज्याकेट र कार्डको दुरुपयोग गर्ने गैरपत्रकारलाई कार्वाही गर्न प्रहरीलाई हस्तक्षेप नगर्ने बताएको छ । प्रहरीले प्रेसको ज्याकेट र कार्ड बोकेर गैरपत्रकार हिडेको पाइएपछि निगरानी बढाएको छ ।

प्रहरीले महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई यसबारे जानकारी गराएपछि उहाँले प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । महासंघ अध्यक्ष गौतमले प्रेसको ज्याकेट र कार्डको दुरुपयोग भएको पाइए कार्वाही गर्न प्रहरीलाई आग्रह गर्नु भएको छ ।

मकवानपुरमा क्रियाशिल पत्रकारलाई समस्या पर्दा महासंघले सहयोग गर्ने भन्दै गौतमले गैरपत्रकारलाई कार्वाहीमा महासंघले कुनै अवरोध नगर्ने बताउनुभयो । सूचना सम्प्रेषणको लागि अग्रपंक्तिमा खटिने पत्रकारलाई निषेधाज्ञाका बेला आवतजावतमा छुट दिइएको तर गैरपत्रकारले प्रेस लेखेर मोटरसाइकल र कार चलाउनुका साथै प्रेसको ज्याकेट र कार्ड बोकेको पाइए पछि निगरानी बढाएको प्रहरीले जनाएको छ ।

केही दिन अघि जाँच गर्दा दुई जनाले ज्याकेट र कार्डको दुरुपयोग गरेको प्रहरीले फेला पारेको थियो । दुबै गैरपत्रकार भएको खुलेपछि प्रहरीले आगामी दिनमा यस्तो गल्ती नगर्ने सर्तमा छोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*