मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ सवारी धनीलाई कार्वाही

छहारी संवाददाता
बैशाख २८, २०७८

मकवानपुर जिल्लाको विभिन्न स्थानमा राखेको चेकप्वाईन्टबाट निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ सवारी धनीलाई कार्वाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी नायव उपरीक्षक सहितको चेकिङ टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल, स्कुटर, अटो, साना गाडी टिपर गरी जम्मा २३५ वटासवारी साधन र कागजपत्र नियन्त्रणमा लिईएको हो ।

यस्तै अटेर गरी पसल संचालन गर्ने ८ जनालाई नियन्त्रणमा लिईएको तथा निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन धनी तथा पसल संचालक ५७ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*