प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त, सरकार काम चलाउ

छहारी संवाददाता
बैशाख २७, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा समक्ष माग्नुभएको विश्वासको मत बहुमतबाट अश्विकृत भएको छ । विश्वासको मत बहुमतबाट अश्विकृत भएसंगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको छ ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्नेमा उहाँले ९३ मत मात्रै प्राप्त गर्नुभयो । आज प्रतिनिधि सभामा उपस्थित सांसदहरुको संख्या २३२ थियो जसमध्ये ओलीको विपक्षमा १२४ सांसदले मत दिए ।

मत दिन्न भन्नेमा १५ जना सांसद थिए । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु सबै बैठकमा उपस्थित थिए ।

यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसे । संसदबाट विश्वासको मत गुमाएपछि अब सरकार काम चलाउ भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*