इन्द्रसरोवर गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवाहरु ३१ सम्म बन्द

मञ्जरी बलामी
बैशाख २६, २०७८

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

गाउँपालिकाले आइतबार सूचना जारी गरी नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना संक्रमित गाउँपालिका भित्रपनि देखापर्न थालेकोले आगामी वैशाख ३१ गतेसम्म गाउँपालिका भित्रका सरकारी र गैरसरकारी संघसंस्थाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको हो ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं। ३ का ४४ वर्षिय जनप्रतिनिधि र वडा नं। ३ कै ६७ वर्षको पुरुषमा बैशाख २६ गते कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाको स्वस्थ्य शाखाका प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिए ।

यस्तै गाउँपालिकाको वडा नं। २ आर्मी व्यारेकका ३६ वर्षिय पुरुषमा बैशाख २३ गते कोरोना संक्रमण पुष्टी भएको हो । गाउँपालिकाको वडा नं। ३ मा रहेको सिस्नेरी स्वास्थ्य चौकीमा रहेको ल्याबमा गरिएको एन्टिजेन्ट परिक्षणमा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*