शनिबार पनि हेटौंडा अस्पतालमा उपचाररत दुई संक्रमित पुरुषको मृत्यु
शनिबार हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप दुई संक्रमितको मृत्यु भएको छ ।
हेटौडा ५ का ६५ बर्षका पुरुषको दिउँसो ४ बजेर ३९ मिनेटमा र बारा सिमरनगढ १ का ३४ बर्षका पुरुषको दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभएको छ ।
योसंगै हेटौडा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यस्तै मनहरीका एक संक्रमितको पनि ेकहिदिन अघि होम आइसोलेसन मै ज्यान गएको थियो ।
मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट जिल्ला अस्पतालमा ११ जना र होम आइसोलेसन १ जनाको मृत्यु भएको हो ।