भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ हजारभन्दा धेरैको मृत्यु

छहारी संवाददाता
बैशाख २५, २०७८

भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा धेरैको मृत्यु भएकको छ ।

२४ घण्टामा कोरोनाका संक्रमणबाट ४ हजार १खसय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना संक्रमणका कारण ४ हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*