कैलाश गाउँपालिकाकी उपाध्यक्ष थिङलाई कोरोना पोजिटिभ
मकवानपुरको कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलाई कोरोना पोजिटिभ देखिएको छ ।
ज्वरो आउने, खोकी तथा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखा परेपछि कोरोना परिक्षणको क्रममा बिहिबार उहाँलाई कोरोना सङ्क्रमण देखिएको हो । उहाँ हाल आफ्नै निवास कैलास -९ नामटारमा आईसोलेटेड हुनुहुन्छ । हाल उहाँको स्वास्थ अबस्था सामान्य रहेको कैलाश गाउँपालिकाका स्वास्थ संयोजक श्याम सुन्दर महतोले बताउनु भयो ।
थिङ सहित बिहिबार ९ नम्बर वडाका २६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यो सँगै कैलाशमा सङ्क्रमितहरुको सङ्ख्या ४३ पुगेको बुलबुल खबरले लेखेको छ । सङ्क्रमितहरु अधिकांश होटोल व्यावसायि र बिभिन्न पसल सन्चालकहरु रहेका छन । होटल तथ अन्य व्यावसायिहरुमा कोरोना देखिए पछि अहिले नामटार बजार पुरै सुनसान रहेको छ ।
त्यसै गरि सङ्क्रमित हरु सङ्ख्य ह्वात्तै बढे पछि अस्थायी आईसोलेसन निर्माणको थालिएको छ । कैलाश (९ नामटार बजारमा १० बेड सहितको आईसोलेसन निर्माण थालिएको छ । आईसोलेसनमा एक जना डाक्टरको ब्यबस्था मिलाईएको स्वास्थ संयोजक महतोले बताए । आईसोलेशनका लागि १० सिलिन्डर अक्सिजनको ब्यबस्थापन भैसकेको छ ।