रामबहादुर थापा र खिमलाल देवकोटाद्वारा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

छहारी संवाददाता
बैशाख २४, २०७८

नेकपा ९एमाले०का केन्द्रीय सदस्य रामबहादुर थापाले बागमती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ ।

शुक्रवार प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडामा आएर पुगेर उहाँले आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।

यस पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलका समर्थनमा डाक्टर खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

सङ्घीयताविद् डा. देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएको उज्यालो अनलाइनले लेखेको छ ।

बागमती प्रदेश सभामा ६६ निर्वाचन क्षेत्रका एक सय १९ पालिकाका प्रमुख–उपप्रमुख दुई सय ३८ र बागमती प्रदेश सभा सदस्य एक सय १० जना गरी कुल तीन सय ४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आउँदो जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मारहेको भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा पालिकाका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*