बिहिबार साँझ हेटौडा अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

छहारी संवाददाता
बैशाख २३, २०७८

हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ । रौतहटको चपुर बस्ने ३८ वर्षका पुरुषको बिहिबार साँझ ६ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभएको छ ।

हेटौडा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसअघि हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिला र हेटौंडा(६ की ४१ बर्षीय एक महिला र बारा अमलेखगन्जका ५९ बर्षीय पुरुष र मकवानपुरगढी का ६८ बर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै मनहरीका एक संक्रमितको पनि होम आइसोलेसन मै ज्यान गएको थियो । मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट जिल्ला अस्पतालमा ७ जना र होम आइसोलेसन १ जनाको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*