कोरोनाका बिरामीलाई हेटौंडा उपमहानगरपालिकाबाट निःशुल्क एम्बुलेन्स सेवा
हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमित बिरामीलाई लक्ष्ति गरी निशुल्क एम्बुलेन्स सेवा दिइरहेको छ ।
संक्रमित बिरामी ल्याउन लान अन्य एम्बुलेन्सहरुले आनाकानी गर्ने भएकाले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।
अहिले दिनहुँजसो हेटौंडाको गौरीटार आइसोलेसन, हेटौंडा अस्पताल र भरतपुरसम्म कोरोनाका बिरामी लैजान एम्बुलेन्स सेवा दिइरहेको मेयर महतको भनाई छ । यो सेवा २४ सै घण्टा उपलब्ध रहने पनि उहाले बताउनुभयो ।
कोरोना महामारीको समयमा स्थानीय सरकारले निःशुल्क एम्बुलेन्स सेवा दिएपछि सर्वसाधारणलाई केह सहज भने पककै भएको छ ।