मकवानपुरमा बुधबार बिहानै थप एक कोरोना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ ।
गढी ५ बस्ने ६८ वर्षका पुरुषको बुधबार आज बिहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ४० पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट आइतबार, सोमबार र मंगलबार र बुधबार आज गरी ६ जनाको मृत्यु भएको हो ।