मकवानपुरमा अत्यावश्यक उपभोग्य वस्तुका पसल अब ८ बजेसम्म मात्रै खुल्ने
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा अत्यावश्यक उपभोग्य वस्तु पसल ८ बजेसम्म मात्रै खुल्भन दिने निर्ण गरेको छ ।
मंगलबार सूचना जारी गर्दै प्रशासनले अत्यावश्यक उपभोग्य वस्तुका पसल ८ बजेसम्म मात्रै खुल्ने जनाएको हो ।
सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने जनाइएको छ । यसअघि यी पसल विहान ९ बजेसम्म खुल्ने गरेका थिए ।