मंगलबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित पत्रकारको संख्या ७ पुग्यो

छहारी संवाददाता
बैशाख २१, २०७८

मकवानपुरमा मंगलबार थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९३ जनाको पिसिआर परीक्षण गर्दा ५७ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८ जनामा गरी थप ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै थाहा नगरपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् ।

मकवानपुरमा पछिल्लो समय ७ जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*