मकवानपुरमा कोरोना संक्रमणबाट तीन दिनमा पाँच जनाको मृत्यु

छहारी संवाददाता
बैशाख २१, २०७८

मकवानपुरमा कोरोना संक्रमणबाट मंगलबार थप एक पुरुषको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

हेटौंडा अस्पतालको कोभिड एच डि यु (High Dependency Unit) मा उपचाररत बाराको अमलेखगंज २१ का ४९ बर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । ती पुरुषको दिउँसो १२ बजेर ५० मिनेटमा ज्यान गएको डाक्टर काफ्लेले बताउनु भएको छ ।

यसअघि गएराती हेटौंडा ६ की ४१ बर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । सोमबार साँझ अस्पतालको इमरजेन्सीमा उपचार गर्न आउनुभएकी ती महिलाको निमोनिया देखिएपछि कोरोना परिक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको थियो । हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन दिनमा पाँच जनाको मृत्यु भइसकेको छ ।

सोमबार बिहान हेटौंडा अस्पतालको कोभिड एच डि यु मा  उपचाररत बाराको अमलेखगंजका ४६ वर्षका एक पुरुष र महोत्तरी जलेश्वर २ की ५० वर्षकी एक महिलाको मृत्ये भएको थियो ।

यस्तै आइतबार राती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृत्यु थियो । योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ३९ पुगेको छ ।

पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट आइतबार, सोमबार र मंगलबार गरी पाँच जनाको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*