दक्षिण कोरियामा प्रवासीको संख्या पाँच वर्षयताकै कम

छहारी संवाददाता
बैशाख १६, २०७८

दक्षिण कोरियामा विदेशी जनसंख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ ।

त्यहाँको एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको संख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गएको मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गएको वर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो । त्यस संख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । अहिलेको संख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो ।

त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्याङ्कले देखाएको छ । अहिले रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत रहेका छन् भने दोस्रोमा भियतनामीको सङ्ख्या १०.६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो संख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*