कोरोनाको जोखिम बढेसंगै मकवानपुर प्रशासनको गर्यो यस्तो निर्णय
जिल्लामा कोरोना संक्रमणको जोखिम बढेकासंगै यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न निर्णयहरु गरेको छ ।
प्रशासन कार्यालयमा सोमबार कोविड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी विभिन्न निर्णय गरेको हो । बैठकले मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाहरु निश्चित दिन तोकेर मात्र गर्ने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
प्रशासनमा नयाँ नागरिकता लिने, प्रतिलिपी निकाल्ने र राहदानी लिन आउने जिल्लाको १० वटै स्थानीय तहलाई निश्चित दिन तोकेको हो । यस्तै हेटौंडा–४ मा रहेको खोपगल्ली र हेटौंडा –१० बसपार्क रहेको तरकारी मन्र्डी तथा हेटौंडाका माछामासु पसल दैनिक ४ घण्टा मात्र खुल्ला गर्न गरनउन निर्देशन दिएको छ ।
कोरोनाको जोखि उच्च हुँदै गएकाले यस्तो निर्णय गर्नु परेको भन्दै प्रशासनले उच्च सतर्कताका साथ स्वास्थ्य सावधानी अपनाउनु अनुरोध गरेको छ ।