प्रशासनको निर्देशन उलङ्घन गर्ने २३ जनलाई जरिवाना

छहारी संवाददाता
बैशाख १३, २०७८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्वास्थ्य मापदण्ड पुरा नगर्ने तथा जोर बिजोर प्रणली उलङ्घन गर्ने २३ जनालाई जरिवाना गरेको छ ।

जिप्रका मकवानपुरबाट प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा हेटौडा बजारमा खटिएको टोलीले प्रशासनको निर्देशन अटेर गर्नेलाई जनही एक सय रुपैयाका दरले जरिवाना गरेको हो ।

कोरोना भाइरसको दोस्रो लहर तिव्र गतिमा फैलिरहेको अखस्थामा बिना स्वास्थ्य सुरक्षा हेटौंडा बजार क्षेत्रमा हिड्ने २३ जनालाई जरिवाना गरेको हो ।

यस्तै चेकजाँच टोलिले जोरबिजोर प्रणाली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाइकल, ७ वटा अटो, ५ वटा म्याजिक र १ वटा मयुरीलाई पनि एक सय रुपैयाका दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरलेजनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*