कोरोना अपडेटः मकवानपुरमा सोमबार ३४ जना संक्रमित थपिए
मकवानपुरमा सोमबार २ बालकसहित ३४ जनामा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार ५७ जनाको स्वाब परीक्षणमा गरिएका मध्य ३३ जनामा र एन्टीजेन परीक्षणमा १ जना सहित ३४ जनामा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा ३३ जना हेटौंडा उपमहानगरपालिकाका र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।
योसंगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । संक्रमित मध्ये १ सय ६२ जना होम आइसोलेसनमा उपचाररत छन् भने ६ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्ड र २ जना गौरिटार आईसोलेसनमा रहेको चौलागाईले जानकारी दिनुभयो ।
मकवानपुरमा हालसम्म ४ हजार ९० जनामा कोरोना पुष्टि भएको छ । मकवानपुरमा हालसम्म कोरोनाबाट ३४ जनाको मृत्यु भइसकेको छ ।