हेटौंडाका दुइ स्थानमा आइसोलेसन सञ्चालन

छहारी संवाददाता
बैशाख १२, २०७८

मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडाका दुइ स्थानमा आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

कोरोना संक्रमित बिरामी राख्न हेटौंडाको गौरीटार र हेटौंडा अस्पतालमा आइसोलेन सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिनुभयो ।

गौरीटार आइसोलेस उपमहानगरपालिकाले सञ्चालन गर्ने जानकारी दिँदै मेयर महतले त्यहाँ चाहिने स्वास्थ्यकर्मीको टोलि, आवस्यक सरसफाइके जिम्मा उपमहानगरपालिकाले लिने बताउनुभयो र अन्य काम भने हेटौंडा अस्पतालले गर्नेछ ।

हेटौंडा अस्पतालको आइसोलेसन भने अस्पताललेनै हेर्नेछ । अस्पतालमानै हाललाई १० बेड र हेटौडा उपमहानगरपालिकाको नेतृत्वमा गौरिटारमा १५ बेड संचालनमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*