तपाईको गाडी नम्बर जोर की बिजोर?आजदेखि हेटौंडामा जोर बिजोर प्रणाली लागू

छहारी संवाददाता
बैशाख १२, २०७८

आजदेखि हेटौंडामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले गरेको निर्णय अनुसार हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारीमा आजबाट जोर बिजोर प्रणाली लागू भएको हो । हेटौंडामा सञ्चालन हुने मोटरसाइकल,स्कुटर कार, अटो, म्याजिक, टेम्पो लगायत सबै सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जोर गतेको दिन जोर नम्बरका सवारी र बिजोर गतेको दिन बिजोृर नम्बरको सवारी साधन चलाउने नियम बनाइएको हो । यस्तै सार्वजानिक स्थलमा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाही हुने छ ।

कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गरिने छ । यसको लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*