कामधेनु सहकारीको सिलाईकटाई तालिम सुरु, न्यौपानेद्धारा एलइडी टिभि सहयोग

छहारी संवाददाता
बैशाख १०, २०७८

हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रवारबाट सिलाईकटाई तालिम सुरु गरेको छ।

उक्त तालिमको शुक्रबार बिहान हेटौंडा -६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सिलाई मेसिन चलाएर उद्घाटन गर्नुभएको हो । सहकारीका अध्यक्ष उदय विडारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, महासंघका सदस्य विजय पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, संस्थाका उपाध्यक्ष उदय प्रकाश दहाल लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राधिका गौतमले सहजीकरण गर्नु भएको तालिम बैशाख १६ गतेसम्म चल्नेछ । तालिममा १५ जना महिलाहरुको सहभागिता रहने संस्थाका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिनुभयो । तालिम सञ्चालन गर्न अघिल्लो बर्ष हेटौडा ६ नम्बर वडा कार्यालयबाट २ लाख ९५ हजार रकम प्राप्त भएको थियो ।

न्यौपानेले दिए कामधेनुलाई एक थान टिभि
यसैबीच, हेटौडा–६ शान्तिटोल निवासी सरोज न्यौपानेले कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थालाई ३२ ईन्चीको एक थान टिभि सहयोग गर्नु भएको छ । संस्थामा काम गर्ने कर्मचारी र सेवाग्राहीलार्ई मनोरंजन प्रदान गर्ने उद्धेश्यले संस्थालाई टिभि उपलव्ध गराएको न्यौपानेले बताउनुभयो ।

न्यौपानेले उक्त टिभि आजबाट सुरु भएको सिलाईकटाई तालिमको उदघाटन कार्यक्रम मार्फत संस्थालाई हस्तान्तरण गर्नु भएको हो । प्रष्टखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*