कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथ लगाएतका मन्दिर दर्शनमा रोक

छहारी संवाददाता
बैशाख ९, २०७८

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने बताउनुभयो ।

नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*