कोरोना अपडेटः मकवानपुरमा बिहिबार थप २९ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
बैशाख ९, २०७८

मकवानपुर जिल्लामा बिहिबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५२ जनाको कोरोना परिक्षण गरिएकोमा २९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

कोरोना पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नम्बर ४ का २ जना र मनहरी गाउँपालिका वडा नम्बर ३ का १ जना रहेका छन् ।

यसैगरि हेटौंडा बस्ने जिल्ला बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको चौलागाईले बताउनुभयो । जसमा बाराका २ जना र नुवाकोटका एक जना रहेका छन भने एक जना भारतीय नागरिक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*