कोरोना अपडेटः बागमती प्रदेशमा २४ घण्टामा ७७५ जना संक्रमित थपीए

छहारी संवाददाता
बैशाख ८, २०७८

बागमती प्रदेशमा एकै दिनमा ७ सय ७५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपीएका छन् । कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाइले जानकारी दिनुभयो ।

बागमती प्रदेशमा हाल सम्ममा जम्मा १ लाख ५८ हजार १ सय ९४ जना संक्रमित मध्य करिब ९७ प्रतिसत निको भएका छन् । करिब २ दशमलब ४ प्रतिशत अर्थात ३ हजार ७ सय ४८ जना उपचाररत छन् भने हालसम्म १ हजार ५२ जनाको निधन भएको छ।

मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । भारतको रक्सोलबाट सिधै बिरगन्जहुँदै आवतजाओत बढेपछी कोरोनाको जोखिम बढेको हो । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

मकवानपुर जिल्लामा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामीहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*