मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना

छहारी संवाददाता
चैत्र १९, २०७७

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समन्वय तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

​साना हातहरु नेपाल मकवानपुर शाखाको आयोजना तथा सामुदायिक प्रहरी उपसेवा केन्द्र हेटौंडा–१० को समन्वयमा कार्यक्रम भएको हो ।
​कार्यक्रममा संस्थाले मकवानपुरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना—परामर्श र उद्धारको वार्षिक प्रतिवेदनको तथ्यांक प्रस्तुत गरेको थियो ।

जसमा आव २०७७/०७८ वैशाखदेखि चैतसम्म २० जनालाई मानव बेचबिखन तथा ओसारपसारबाट उद्धार गरिएको छ । ​संस्थाबाट एकसय ४० जनाले परामर्श लिएका छन् भने सोधपुछका लागि एक हजार आठ सय ६७ जना र जनचेतना दुई हजार छ सय ७६ लाई दिइएको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

​सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सूचना तथा परामर्श सेवाको तथ्यांकअनुसार एक हजार ९ जना महिलाले परामर्श लिएका छन् भने एक हजार दुई सय ७ पुरुष छन् । वैदेशिक रोजगारकै उद्धार तथा रोकथाममा तीन महिलाले सेवा लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा–१० अध्यक्ष किताबसिं लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० अध्यक्ष प्रदीप क“डेललगायतको उपस्थिति थियो ।

​कार्यक्रममा संस्थाको क्रियाशीलताका विषयलाई लिएर अतिथिले चर्चा गरेका थिए । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धि अपराध सभ्य समाजको बाधक तत्व रहेको बताउ“दै यस्ता सामाजिक कलंकका रुपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार पात्रहरु, नागरिक समाज, मानव अधिकारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणले ठोस योगदान दिनसक्ने भएकाले यसको नियन्त्रणका लागि सबैको क्रियाशीलता, सामूहिक प्रयास र पहल आवश्यक रहेको उनीहरुको भनाइ थियो । ​कार्यक्रम संस्था अध्यक्ष सूर्यप्रकाश राईको सभाध्यक्षतामा भएको थियो । संस्थाले मानव बेचबिखन तथा ओसारपसार, जोखिममा रहेकालाई उद्धार, शिक्षा दिने, सचेतनामूलक कार्यक्रम गर्ने र सुरक्षित वैदेशिक रोजगार परामर्शजस्ता कार्य गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*