घटना स्थलमा खटिने प्रहरीले प्रदेशभरी एकै प्रकारको पोशाक लगाउने
बागमती प्रदेश प्रहरी कार्यालयले हाल सादा पोशाकमा रहेर अपराध अनुसन्धानसंग सम्बन्धीत विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीलाई निश्चित पोशाक र पहिचान सहित खटाउने निर्ण गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाईएको हो । अपराध अनुसन्धान समुह र सम्बन्धीत प्रहरी कार्यालयको नाम उल्लेख गरीएको फ्लोरोसेन्ट ज्याकेट र टोपी आज मिति २०७७ साल चैत १६ गते देखी प्रयोगमा ल्याईएको हो ।
प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरी कार्यालय दश र ईलाका प्रहरी कार्यालय ११ गरी २१ वटा प्रहरी कार्यालयमा अपराध अनुसन्धान समुहमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले घटना स्थलको अनुसन्धानको लागि खटिंदा उक्त पोशाक प्रयोग गर्नेछन् ।