भारतमा एकैदिन ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएको अनलाइन खबरले लेखेमने छ । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् ।