मेक्सिकोमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भनिएभन्दा ६० प्रतिशत बढी

छहारी संवाददाता
चैत्र १६, २०७७

मेक्सिकोले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या अध्यावधिक गरेको छ ।

अध्यावधिक तथ्याङ्कअनुसार मेक्सिकोमा अहिलेसम्म भनिएभन्दा ६० प्रतिशत बढीको कोरोना भाइरसका कारण ज्यान गएको पाइएको छ । मेक्सिकोमा तीन लाख २१ हजारभन्दा धेरैको ज्यान गएको अध्यावधिक तथ्याङ्कले देखाएको बीबीसीले जनाएको छ ।

तथ्याङ्क अध्यावधिकसँगै मेक्सिको कोरोना भाइरसका कारण धेरैको ज्यान जाने देशको सूचीको दोस्रो स्थानमा पुगेको बीबीसीले जनाएको छ । तर, वल्ड्रोमिटरले भने मेक्सिकोलाई तेस्रो स्थानमा राखेको छ ।

विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ज्यान गुमाउनेको संख्या धेरै छ । अमेरिकामा अहिलेसम्म पाँच लाख ४९ हजार तीन सयभन्दा धेरै ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*