हर्नामाडीकी १६ वर्षिय लक्कीलाई आफ्नै परिवारबाट पशुलाई झै व्यवहार

छहारी संवाददाता
चैत्र १३, २०७७

हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीमा आफ्नै परिवारका सदस्यले एक किशोरीलाई पशुलाई जस्तै थुनेर राखेको भेटिएको छ ।

पूर्ण असक्त अपाङ्गता भएकी १६ वर्षकी लक्की भोलनलाई उहाँको परिवारले कुखुराको खोरमा थुनेर राखेको भेटिएको हो । हेटौंडा उपमहानगरपालिकाबाट सामाजिक विकास संयोजक तथा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँको नेतृत्वमा पूर्ण असक्त अपाङ्गता भएकाहरुलाई भेटघाट कार्यक्रममा पुग्दा पनि लक्की कुखुरासंगै थुनिएर रहनु भएको भेटियो ।

यसअघि पनि अनुगमनका क्रममा लक्की खोरमै थुनीएको पाइएपछी पशुलाई जस्तो व्यवहार नगर्न आग्रह गरिएको हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो । यद्यपी लक्कीको परिवारले अनुगमन टोलीको आग्रहलाई अटेर गरेको छ ।

लक्कीलाई यसअघि घरमै पुगेर पुर्ण अपाङ्गता भएको रातो कार्डको परिचयपत्र वितरण गरिएको थियो । लक्की हिड्न, डुल्न र हात गोढा चलाउन सक्के हुनुहुन्छ । तर, चेत भने छैन ।

हेटौंडा १८ मा मात्र पूर्ण असक्त रहेका अपाङ्गता भएका व्यक्ति १७ जना रहेका छन् । तर, उनीहरुलाई परिवारले यस्तो व्यवहार गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*