मकवानपुरगढी गाउँपालिकामा मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न

छहारी संवाददाता
चैत्र ११, २०७७

मकवानपुरगढी गाउँपालिकामा बुधबार मानव अधिकार विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

मानव अधिकार आयोग बागमती प्रदेशको आयोजना तथा गाउँपालिकाको संयोजनमा व्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखीकरण र छलफल भएको हो । छलफल कार्यक्रममा आयोगका प्रदेश प्रमुख यज्ञ प्रसाद अधिकारीले आयोगका कार्ययोजनाका उद्देश्य माथी प्रकाश पार्दै मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्ने, कानुनी, नीतिगत र संरचनागत व्यवस्था हुनुपर्ने बताउनुभयो ।

उहाँले कोरोना करहका बीच सरकारले लगाएको लकडाउनमा अन्य समय अवस्था भन्दा यसबेला जेष्ठ नागरिक तीन गुणाले हिंसामा परि मानव अधिकार हनन भएको बताउनुभयो । उहाँले विद्यालय क्षेत्रमा लठ्ठी निषेध क्षेत्र बनाइ पठनपाठन गरिनुपर्ने त्यसका लागि गाउँपालिकाले आवश्यक अनुगमन गर्न आग्रह गर्नुभयो ।

आयोगको कार्ययोजनामा समेटिएका १७ वटा सुचक स्थानीय तहले मनन गर्दै कार्यान्वय गरियो भने गाउँपालिकामा मानव अधिकार हनन नहुने र सुशासन कायम हुने बताउनुभयो । कार्यक्रममा आयोगका प्रवद्र्धन महाशाखा प्रमुख दिपेन्द्र बहादुर सिंहले मानव अधिकार भित्र पर्ने विषयत विवरण बारे जानकारी दिदैं उपभोक्ता अधिकारका कानुन, कसरी स्थानीय निकायले संरक्षण गर्नुपर्ने र उपभोक्ता सचेत गराउनु पर्ने बारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव यज्ञ प्रसाद भट्टराईले स्थानीय तह सँग सहकार्य र समन्वय गरी कार्यसम्पादन गर्न प्रदेश आयोगलाई निर्देशन दिदैं गाउँपालिकाका विभिन्न विकास भए सँगै मानव अधिकारका विषयमा पनि विकास र विस्तार गरिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*