नेपाल समूहको एमालेले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने
नेकपा एमालेको माधव नेपाल समूहले बागमती प्रदेश सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।
उक्त समूहको स्थायी कमिटी बैठकले अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो । अब केही दिनमै अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी भएको स्रोतले बताएको छ ।
अविश्वासको प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए । एमाले नब्युँतिदानै बागमती प्रदेश र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीहरु क्रमशः डोरमणि पौडेल र शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध पुष १० गते र प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।