छुवाछुत गर्नु जघन्य अपराध सरहः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
चैत्र ११, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छुवाछुत गर्नु जघन्य अपराध सरह भएको बताउनुभएको छ ।

बुधबार बागमती प्रदेशको राजधानी हेटौंडामा दलितमैत्री नीति तथा कार्यक्रम सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले जातजातीबिच छुवाछूत र भेदभाव गर्नु जघन्य अपराध सरह भएको बताउनुभएको हो । उहाँले समाजमा आर्थिक, सांस्कृतिक र सामाजिक विकास नभएसम्म मुकुलमा समृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।

प्रदेशभरीका ११९ ओटै स्थानिय तहमा समेत दलित सामुदायको प्रतिनिधित्व रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । देशमा धेरै राजनितीक परिवर्तन भएपनि सामाजिक, आर्थिक र साँस्कृतिक परिवर्तन नभएका कारण पुर्ण रुपमा छुवाछूत अन्त्य गर्न नसकिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले दलित शसक्तिकरणसम्बन्धि विधेयकको मस्यौदा ग्रहण गर्दै प्रदेश सरकारले सो बिध्यकलाई छिटै संसदबाट पास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । समता फाउण्डेसनको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अधिवक्ता प्रकाश नेपालीले दलित सशक्तीकरण सम्बन्धी बिधेयकको मस्यौदाको प्रस्तुती गर्नुभएको थियो ।

अन्तरक्रियामा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रदेशका प्रमुख सचिव डा मान बहादुर बिके, सामाजिक मन्त्रालयका सचिव दिपक काफ्ले लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*