हेटौडा २ को सुन्दर सामुदायिक वन डढेलोले सखाप

वनकै फेदमा रहेका सरकारी कार्यालयहरु मुकदर्शक
छहारी संवाददाता
चैत्र १०, २०७७

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय, धेरैजसो मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय छ । हेटौंडा–२ कै सुन्दर सामुदायिक वनमा दुइदिन सम्म लगातार जंगलमा आगलागी भयो ।

यही वनकै फेदमा प्रदेश सरकार, संघीय सरकार र जिल्ला स्तरका धेरै सरकारी कार्यालय छन् । माथी जंगलमा लगातार आगलागी भयो । तर, वनमा आगो नियन्त्रण गर्ने जिम्मा समेत पाएको डिभीजन वन कार्यालय हेटौंडाले डढेलो नियन्त्रण गरौं भनेर सूचना बजाउनु भन्दा अरु केही गरेन । आफ्नै कार्यालय माथीका जंगल दुइदिनसम्म डढेलोले सखाप पार्दा समेत रमिते बनेर बसेको जनपत्रले लेखेको छ ।

डढेलो नियन्त्रणका लागि प्रयास भने भएको तर, कार्यान्यनमा थोरै समस्या आएको डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायले बताउनुभयो । स्थानीय सामुदायिक वनका पदाधिकारी र सदस्यहरु पनि डढेलो नियन्त्रणका लागि सक्रिय नहुँदा यो समस्या आएको उहाँले बताउनुभयो । वरपरका वनमा आगलागी नियन्त्रणका लागि सबै एक भएर काम गर्नुको सट्टामा स्थानीयले जंगलमा हिड्ने क्रममा आगो लगाउँदा अहिलेको समस्या आएको उपाध्यायले बताउनुभयो । गाउँपालिका स्तरका धेरै जगंलमा आफुले भोगचलन गर्नका लागि पनि आगलागी भएको उहाँले बताउनुभयो ।

दुइदिन सम्म आगलागी हुँदा समेत आगलागी नियन्त्रणका लागि नेपाली सेना, ससस्त्र प्रहरी, जनपथ प्रहरी सहितलाई आगलागी नियन्त्रणका लागि आग्रह समेत गरेन । वन रक्षकलाई समेत आगलागी नियन्त्रणमा खटाएन । डिभिजन वनले आगलागी नियन्त्रणका सम्वन्धमा बैठक बसेर भत्ता वितरण गर्नु भन्दा अरु केही पनि गर्न सकेन ।

सुन्दर सामुदायिक वनमा आगलागी हुँदा स्थानीय वासिन्दाहरु रातभरी अनिदो छन् । धेरै जना आगलागी निण्न्त्रण गर्न जंगलमा बसे । तर, वन कार्यालयको वेवास्ता रहेको हेटौंडा–२ चौकीटोलका वासिन्दाहरु वताउँछन् । वन कार्यालय नजिक रहेको वनस्खण्डी सामुदायिक वनमा पनि आगलागि निरन्तर भयो । हेटौंडा–१ को भैरवडाँडामा पनि निरन्तर दुइदिन सम्म आगलागी भएको छ । तर, नियन्त्रणमा प्रयास समेत भएन ।
यी त डिभिजन वन कार्यालय वरपरका जंगलमा आगलागी भएका घटना मात्र हुन् । तर, हेटौंडाका एक दर्जन भन्दा बढी वडाका जंगलमा र मकवानपुरका अरु नौ वटै स्थानीय तहका जंगलमा आगलागी भएको छ ।

आगलागी वस्ती नजिक आउन थालेपछी बल्ल स्थानीयहरु आगो निभाउन जाने र नत्र नजाने समस्याका कारण धेरै जंगलमा आगोले गर्दा जंगल सखाप पारेको छ । कही कतै पनि आगलागी नियन्त्रणका लागि वन कार्यालय र मातहतका कार्यालयले यसको नियन्त्रणमा कामनै गरेन ।
जंगलमा आगलागी हुँदा बोटबिरुवा नष्ट हुनेसंगै जंगली जनावर, चराचुरुङ्गी समेतको भागाभाग भएको छ । घना जंगल उराठ लाग्दो भएका छन् । जंगलमा आगलागी भएपछी अहिले जनावर देख्न पनि समस्या भएको छ । चराका वासस्थान नष्ट भएपछी थप समस्या भएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमानाथ पौडेल अरुबाट भएका कमी कमजोरी फोटो र भिडियो सहित आफ्नो फेसबुकमा राख्दे आएका छन् । तर, आफ्नै नेतृत्वमा कार्यालय माथीतिरको जंगलमा दुइदिन सम्म आगलागी हुँदा नियन्त्रण गर्नुको सट्टा कानमा तेल हालेर बसेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*