विपद न्यूनिकरणका लागि हेटौंडामा प्रशिक्षक प्रशिक्षण तालिम सुरु
विपद न्यूनिकरणका लागि आज देखि हेटौंडामा प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा बागमती प्रदेश प्रहरी कर्याालय हेटौंडाद्वारा संचालित ६ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणमा ससस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय तहका नगरप्रहरीको सहभागिता छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रमुख सचिब डाक्टर मान बहादुर बिकेले यो प्रदेश विपद् धेरै हुने प्रदेश भएकाले बेलैमा सचेत हुनुपर्ने बताउनुभयो ।
विपद्ले पार्ने असरलाई न्यूनिकरण गर्न सबै एक भएका लाग्नका लागि उहाँले सुझाब समेत दिनुभयो । बिभीन्न समयमा विपद् आइपर्ने र त्यसलाई सामना गर्न पूर्व तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कुनैपनि विपद्को जोखिममा भएकाले स्रोत साधन सहितको तयारी हालमा रहनुपर्ने वताउनुभयो । अब विपद्को समय सुरु भएकाले यो तालिम पनि प्रभाबकारी हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक चन्द्रदेब राई, अर्का प्रहरी उपरिक्षक राजकुमार सिल्वाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम आन्तिरिक मामिला मन्त्रालयका निमित्त सचिब नारायण प्रसाद पोख्रेलको अध्यक्षतामा भएको हो ।