सहिद स्मृति गोल्डकपः आर्मी र मकवानपुर-११ को फाइनल भिडन्त पक्का
नेपाल आर्मी क्लब हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको मैदानमा बिहिवार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब अफ्रिकन रुट्स एशोसिएसन (अरास) लाई १–० गोलले पराजित गर्दै आर्मीले फाइनल भिडन्त पक्का गरेको हो । आर्मीको जितका लागि एक मात्र गोल जर्सी नम्बर ११ का खेलाडी आशिष शाक्यले गरे । पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा आशिषले गरेको गोल नै आर्मीका लागि निर्णायक बन्यो ।
आजको खेलको म्यान अफ दि म्याच विभागीय टोलि आर्मीका जर्सी नम्बर २७ टेक बहादुर बुढाथोकी घोषित भए ।
अब आर्मीले उपाधिका लागि चैत्र ७ गते शनिवार रिगल हेटौंडा रिसोर्ट मकवानपुर -११ संग भिड्ने छ । यसअघि बुधबार भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तर पराजित गर्दै मकवानपुर-११ फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।