सहिद स्मृति गोल्डकपः दोस्रो सेमिफाइनलमा आज आर्मी र अरास भिड्ने

छहारी संवाददाता
चैत्र ५, २०७७

स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबलको तेस्रो संस्करण २०७७ अन्तरगत बिहिवार दोस्रो सेमिफाइनल हुँदैछ ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको मैदानमा हुने खेलमा विभागीय टिम नेपाल आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) भिड्नेछन् । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मीले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो भने अरासले सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । यसअघि बुधबार भएको खेलमा मच्छिन्द्रलाई ४–३ गोल अन्तर पराजित गर्दै आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल ७ गते हुनेछ ।

प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*