मउवासंघको नेतृत्व पाए महिला उद्यमीको विकासका लागि बिशेष काम गर्ने न्यौपानेको प्रतिवद्धता
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार राजकुमार न्याौपानेले महिला उद्यमीको विकासका लागि आफुले उमेद्वारी दिन लागेको बताउनु भएको छ ।
बुधबार महिला पत्रकारहरुसंगको भेटघाटमा उहाँले आफ्नो नेतृत्व रहेका बेला मकावानपुर उद्योग वाणिज्य संघले यो भन्दा अघि पनि उल्लेखनीय काम गरेको भन्दै गर्न बाँकी धेरै काम अब आफ्नो समूहले पुरा गर्ने बताउनुभयो । तर त्यसको लागि आफ्नो समूहले जित्नु आवश्यक रहेको भन्दै न्याौपानेले सहयोग गर्न सबै पक्षसंग आग्रह गर्नुभयो ।
महिलाले पनि पुरुष सरह काम गरेर देखाउन सक्ने भएकाले आफ्नो समूहमा उपाध्यक्ष सहित महिला उम्मेदवार ४ जना अघि सारेको न्यौपानेको भनाई छ ।
पोल्ट्रि व्यवसायी प्रतिमा श्रेष्ठले उपाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ भने सिलाई कटाई व्यवसायी मेनका श्रेष्ठ, कस्मेटिक व्यवसायी नेत्रकुमारी भट्ट र तरकारी व्यवसायी मनु दाहालले सदस्य पदका लागि उमेद्वारी घोषणा गर्नु भएको छ ।
उपाध्यक्षको उमेद्वार प्रतिमा श्रेष्ठले आफ्नो जित भए महिला व्यवसायीहरुको लागि सम्झन योग्य काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मकवानपुर उद्योग संघको ५४ औं साधारण सधा तथा निर्वाचनको लागि उद्योग संघका पदाधिकारीहरु अहिले भेटघाटमा व्यस्त छन् ।