सहिद स्मृति गोल्डकपः मच्छिन्द्रलाई ४–३ गोलले पछि पार्दै आयोजक मकवानपुर–११ फाइनलमा प्रवेश
स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा जित निकाल्दै आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको वन विज्ञान अध्ययन सस्थानको मैदानमा बुधबार भएको खेलमा लिग विजेता मच्छिन्द्रलाई ४–३ गोल अन्तर पराजित गर्दै मकवानपुर–११ ले फाइनलको यात्रा तय गरेको हो । मकवानपुर–११ को जितका लागि जर्सी नम्बर ७ का खेलाडी अमिर श्रेष्ठले व्यक्तिगत २ गोल गरे भने जर्सी नम्बर ९ का रञ्जन विष्ट र जर्सी नम्बर १३ का रुपेश केसीले १–१ गोल गरे ।
निकै नै रोमाञ्चक भएको खेलमा मछिन्द्रका लागि असोक थापा, राजेश परियार र पुजन उपरकोटीले १–१ गोल गरे । आजको खेलको म्यान अफ दी म्याच भएका अमिर श्रेष्ठले नगद १० हजार प्राप्त गरेका छन् ।
भोली विभागीय टिम त्रिभुपविन आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) बीच दोस्रो सेमिफाईनल हुनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टको सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।