सहिद स्मृति गोल्डकपः अफ्रिकन रुट्स एशोसिएसन सेमिफाइनलमा प्रवेश
क्यामरुनी क्लब अफ्रिकन रुट्स एशोसिएसन स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको वनविज्ञान खेल मैदानमा जारी खेलमा सर्लाहीकोबागमती युवा क्लबलाई २– १ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको २५ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समीरको गोलबाट बागकमतीले अग्रता लिएपनि खेलमाअन्तिम ३ मिनेट बाँकी हुँदा क्यामरुनका लागि बेससेकले बराबरी गोल फर्काए ।
त्यसको लगतै लोइसले गोल गरेपछि अफ्रिकन रुट्स एशोसिएसन विजयी भएको हो । बुधबार हुने सेमिफाइनलमा मछिन्द्र क्लब र आयोजक रिगल रिसोर्ट मकवानपुर–११ बीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टको सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।