माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

छहारी संवाददाता
चैत्र २, २०७७

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा सोमबार २० जना नेताहरुले बोलेका थिए ।

अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

सोमबारको बैठकले सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उहाँले बताउनुभयो ।

पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताउनुभयो ।

अब नेताहरु पूर्व जिम्मेवारी अनुसार जिल्ला जिल्लामा जानेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*